काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समिति बैठकले आवको मुनाफाबाट शेयरलगानीकर्तालाई ८.५५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले पुस २९ गतेका लागि वार्षिक साधारण सभा बोलाउने निर्णय पनि गरेको छ । साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज तोकेको छ । जसअनुसार पुस १६ गतेसम्म कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया