शेयर बजारमा भारी गिरावट, नेप्से ५१.३७ विन्दुले घटेर २६३०.९१ अंकमा

लोकपथ
70
Shares

काठमाडौं । शेयर बजारमा सोमबार उच्च अंकको गिरावट आएको छ । नेप्से सूचक ५१.३७ विन्दुले घटेर २६३०.९१ अंकमा आएको हो ।

पुस महिनाको पहिलो दिन शेयर बजार उच्च अंकले घट्दा लगभग छ अर्बको कारोबार भएको छ ।

यस दिन ३०४ कम्पनीको एक करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ९३ करोड ५६ लाख चार हजार ८४७ रुपैयाँको कारोबार भएको छ ।

आज सबै समूहका सूचक घट्दा फाइनान्स समूहमा सबैभन्दा धेरै ४.४१ प्रतिशतको गिरावट आएको हो । कुल दुई सय २७ कम्पनीको शेयर मूल्य घट्दा १५ को भने बढेको छ ।

यस दिन ३०४ कम्पनीको एक करोड २७ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । २६ करोड ४५ लाखभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा छ । यस कम्पनीले २६ करोड ४५ लाख ९० हजार ३३०.९० रुपियाँ बराबरको शेयर किनबेच गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?