नेपाल बैंकर्स संघ निर्वाचनः अशोक शेरचनले उम्मेदवारी फिर्ता लिने, सन्तोष कोइराला अध्यक्ष बन्ने पक्का

लोकपथ
0
Shares

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको नयाँ अध्यक्ष पदका लागि सहमति जुटेको छ। अध्यक्षमा दावी गरेका प्रभु बैंकका सीईओ अशोक शेरचनले अध्यक्षको दावी छाडेसँगै सहमतिको आधार तय भएको हो ।

बैंकर्स संघमा उपाध्यक्ष नै अध्यक्ष बन्ने प्रचलन रहेको छ । सोहि बमोजिम अब संघमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला अध्यक्ष हुने पक्का भएको छ।

बैंकर्स संघले पुस ३ गते बुधबार ३८ औं साधारण सभा गर्दै छ । सभाबाट संघको नयाँ नेतृत्व चयन हुनेछन् । हाल बैंकर्स संघका उपाध्यक्ष रहेका कोइराला अध्यक्ष बन्नेछन् भने उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मी आउनेछन् ।

बैंकर्स संघको नयाँ नेतृत्व सहमतिबाटै चयन हुने भनिए पनि नयाँ कार्यकालका लागि अध्यक्ष पदमा दुईजनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिनेमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचन थिए ।

बैंकर संघका पूर्वअध्यक्ष अशोक राणा, ज्ञानेन्द्र ढुंगाना, वर्तमान अध्यक्ष सुनिल केसी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङबीच आज छलफल पछि शेरचन उम्मेदवारी फर्ता लिन तयार भएका थिए ।

संघको कार्यसमितिमा अध्यक्ष सुनिल केसी, निवर्तमान अध्यक्षको हैसियतमा नबिल बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगाना, उपाध्यक्ष सन्तोष कोइराला र सदस्यहरुमा अशोक शेरचन, एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ, सिद्धार्थ बैंकका सीईओ सुन्दर प्रसाद कँडेल, नेपाल एसबीआई बैंकका सीईओ दीपक कुमार दे, प्राइम कमर्सियल बैंकका सीईओ सन्जिव मानन्धर, सानिमा बैंकका सीईओ निश्चल राज पाण्डे र हिमालयन बैंकका सीईओ अशोक राणा सल्लाहकारका रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?