बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालतको आदेश

लोकपथ
168
Shares
तस्वीर : उच्च अदालत पाटन

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा र प्रतीक थापालाई थुनामा पठाउन आदेश दिएको छ ।

आफूहरुलाई जिल्ला अदालत काठमाडौंले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै बेचन झाले उच्च अदालतमा निवेदन दिएका थिए । तर सोमबार उच्च अदालत पाटनले जिल्ला अदालतको आदेशलाई सदर गर्दै थुनामै पठाउन आदेश दिएको हो ।

त्यस्तै उच्च अदालतका न्यायाधीशहरु अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले झासहित थापालाई पनि थुनामै पठाउन आदेश दिएको हो ।

झा र थापालाई गत भदौ २ गते जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?