काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहित ५ जनालाई आज मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका क्रममा रहेका उनीहरूलाई म्याद थपको माग सरकारी वकिल कार्यालयले गरेको छ ।
रविको हकमा म्याद थपको माग गरिएको या आठौं पटक हो । प्रहरीले सोमबार नै अनुसन्धान रिपोर्ट सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । अनुसन्धान रिपोर्ट अध्ययन गर्न समय लाग्ने भएकोले म्याद थप मागिएको हो ।
पुस ५ भित्रै सबै जनाको अभियोग पत्र दर्ता हुने सरकारी वकिल कार्यालय कास्कीले जनताएको छ । सो कार्यालयकी न्यायाधिवक्ता कमला काफ्लेका अनुसार, प्रहरीले दिएको राय हुबहु कार्यान्वयन गर्ने वा नगर्ने निर्णय सरकारी वकिल कार्यालयले गर्नेछ । सूर्यदर्शन सहकारी ठगीमा ५१ जना प्रतिवादी र १ अर्ब ५१ करोड रुपैयाँ बीगो मागसहित प्रहरीले प्रतिवेदन बुझाइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया