मुक्तिनाथ विकास बैंकले लाभांश वितरण नगर्ने

लोकपथ
56
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । बैंकको पुस १ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७९/८० मा १०.२६ प्रतिशत लाभांश वितरण गरेको यस बैंकले चालु आव २०८०/८१को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।

बैठकले सो अवधिको वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?