काठमाडौं । आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गरेको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले यस वर्ष आफ्ना शेयरधनीहरुको हात खाली गर्ने भएको छ ।
संस्थाको पुस २ गते बसेको सञ्चालक समिति बैठकले आफ्ना शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने पनि जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया