काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण नगरेको यस बैंकले आव २०८०/८१को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ ।
बैंकले आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया