सीमानामा हुने तस्करी तत्काल रोक्न गृहमन्त्री लेखकको निर्देशन

लोकपथ
112
Shares

बुटवल । गृहमन्त्री रमेश लेखकले सीमानामा हुने राजश्व चुहावट र तस्करी तत्काल रोक्न निर्देशन दिएका छन् ।

मंगलबार रुपन्देहीको भैरहवामा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले लुम्बिनीमा राजश्व चुहावट भइरहेको सूचना आएको भन्दै त्यसलाई रोक्न निर्देशन दिएका हुन् ।

‘सीमापार अपराधको नियन्त्रण हुनुपर्यो । यो परिणाम देखिने गरि काम हुनुपर्छ,’ उनले भने, ‘लागुऔषधको नियन्त्रण, आत्महत्या र सडक दुर्घटना न्युनीकरण गर्नु होला ।’

त्यस्तै साइबर अपराध र वित्तीय अवरुद्ध बढेको भन्दै नागरिकलाई सुरक्षित छु भन्ने अनुभूति हुनुपर्ने गृहमन्त्री लेखकले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले शान्ति सुरक्षा लोकतन्त्रको पहिलो सर्त भएको बताएका छन् ।

‘लोकतन्त्रको पहिलो सर्त शान्ति सुरक्षा हो । हामीले शान्ति सुरक्षा दिन सक्यौँ भने नागरिकले निर्वाध रुपमा आफ्ना मौलिक हकको उपयोग गर्नुहुन्छ । संघीय लोकतन्त्रिक व्यवस्थाले शान्ति सुरक्षा , सुशासन र विकासको ग्यारेन्टी हुन्छ,’ गृहमन्त्री लेखकले भने ।

यस्तै वर्तमानमा संविधानलाई असफल हुन दिने छुट नभएको भन्दै संविधानको सुरक्षा, संविधानले प्रदान गरेको नागरिकका हकअधिकार र संविधानको कार्यान्वयन हाम्रो जिम्मेवारी भएको गृहमन्त्री लेखकले बताए।

‘हाम्रो संविधानमा नागरिकका ३२ वटा मौलिक हक छन् । त्यसको प्रत्याभूत गराउने काम हाम्रो हो । यसका लागि शान्ति सुरक्षाको कुरा आउँछ,’ गृहमन्त्री लेखकले भने ।

यस्तै फरक प्रसंगमा कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनेको भन्दै यो समीकरण सुशासन, विकास र समृद्धि दिनका लागि बनेको बताए ।

‘सरकार बन्नेबित्तिकै सरकार ढल्छ भन्ने र मन्त्री बन्ने वित्तिकै मन्त्री हट्छन भन्ने हल्ला चलाइन्छ । यो समीकरण ८४ सालसम्मै जान्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?