रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

लोकपथ
126
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न ४ दिनको समय थप भएको छ ।

लामिछानेलाई आठौँ पटक म्याद थपका लागि आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेले लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।

प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । लामिछाने लगायतका व्यक्तिहरुको अनुसन्धान प्रतिवेदन अदालतमा बुझाउन ४ दिन समय लाग्ने भएकाले प्रहरीले म्याद थप गरेको हो ।

लामिछाने गत कार्तिक २ गते लामिछानेलाई प्रहरीले काठमाडौंस्थित रास्वपा कार्यालयबाट पक्राउ गरेको थियो ।

संगठित अपराधमा प्रहरीले ३ महिना अनुसन्धान गर्न पाउने प्रावधान रहेको थियो । तर सोही प्रकरणमा गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी असोज ६ गते पक्राउ परेर अनुसन्धान अघि बढाएकाले लामिछानेलाई ६० दिन (२ महिना) मात्र अनुसन्धान भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?