काठमाडौं । इन्डोनेसियाको पूर्वी मालुकु प्रान्तमा माछा मार्ने डुंगा पल्टिँदा १५ जना बेपत्ता भएका भएका छन् । शनिबार माछा मार्ने क्रममा १७ यात्रु बोकेको डुंगा डुबेको थियो ।
दक्षिण पश्चिम पपुवा प्रान्तको खोज र उद्धार कार्यालयका प्रमुख मोन्स ब्रुरीका अनुसार सोमबार दिउँसो अर्को माछा मार्ने डुंगाले दुई जना चालक दलका सदस्यहरूलाई उद्धार गरेको थियो ।
सञ्चार माध्यमका अनुसार मंगलबार खराब मौसम तथा हावाहुरीका कारण डुंगा पल्टिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया