काठमाडौं । गीतकार डा. शम्भु जमरकट्टेल ‘हेदाङ्ने’ को वर्तमान परिस्थितिमाथि व्यंग्य कसिएको ठट्यौली गीत ‘कस्ले बनायो…?’ सार्वजनिक भएको छ ।
यसअघि नै विभिन्न चर्चित गीतहरु सार्वजनिक गरिसकेका गीतकार डा. जमरकट्टेलको नयाँ गीत शशी कुञ्ज नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
कलाकार एवं गायक यमन श्रेष्ठको स्वरमा रहेको उक्त गीतमा वरिष्ठ संगीतकार कीर्ति न्यौपानेले संगीत भरेका छन् ।
‘ए वान म्युजिसियन’ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको एरेन्जर पुरुषोत्तम सुवेदी रहेका छन् भने राजेश श्रेष्ठले रेकर्ड गरेका हुन् ।
कृष्णदेव रुपाखेतीले निर्देशन गरेको उक्त गीतको भिडियो उत्सव दाहालसहितको टिमले खिचेको हो ।
‘सबका हातमा मोबाइल छ, दुवै कानमा ठेडी, घोप्टो पर्यो मान्छे आज त्यही मोबाइल हेरी’ डा. कट्टेलको शब्दमा गायक यमनले व्यंग्य गरेका छन् ।
त्यसो त यसअघि डा. जमरकट्टेलको सिर्जना ‘कसले देला बलिदान ?’ मा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको थियो । राष्ट्रभाव झल्किने उक्त गीतले आम दर्शकको मन जितिरहेका बेला गीतकार जमरकट्टेलले मदनकृष्णका छोरा समेत रहेका कलाकार यमनसँग सहकार्य गरेका हुन् ।
यमनको स्वरमा रहेको ‘कस्ले बनायो…?’ लाई आमदर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।
भिडियो हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया