ललितपुर महानगरलाई सबैभन्दा सफा शहर बनाउँछौ : प्रमुख महर्जन

लोकपथ
63
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन चाहेको बताएका छन् । मंगलबार महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्राकृतिक विपद्को सामना गर्ने सवालमा नेपालकै उत्कृष्ट पालिका हुने गरी काम गरिहरेको बताए ।

उनले ललितपुर महानगरपालिकाको वडा नं २३ र २४ मा पर्ने बाटो निर्माणमा सरकारले चासो नदिँदा लज्जित बनाइरहेको समेत बताए । उनले संघीय सरकारले तत्काल त्यहाँका नागरिकहरूलाई मुआब्जा वितरण गरेर बाटो निर्माणलाई तिब्रता दिन प्रधानमन्त्री समक्ष आग्रह गरे ।

उनले भने, ‘हामी ललितपुर महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन चाहन्छौँ । प्राकृतिक विपद्को समाना गर्ने सवालमा हामी सबैभन्दा अब्बल हुन चाहन्छौँ । यसको प्रोसेसमा पनि हामी अगाडि बढिरहेका छौँ । सम्भवतः निकट भविष्यमै हाम्रो यो उद्देश्य प्राप्त हुन्छ होला । तर हामीलाई एउटा कुराले निकै लाज लगाइरहेको छ । त्यो भनेको धाप खेलको बाटो । वडा नं २३ र २४ को त्यो बाटो संघीय सरकारको बाटो र त्यहाँ न किला ठोक्न पाइन्छ न मर्मत गर्न पाइन्छ । त्यहाँ काम भइरहेको छ । दायाँबायाँका घरधनीहरु मुआब्जा पाएको खण्डमा घर छोड्न तयार छौँ भनिरहेको छ । तर नेपाल सरकारले मुआब्जा दिइरहेको छैन । यो अहिले ललितपुर महानगरपालिकाको लागि एकदमै अप्ठ्यारो परिस्थिति छ । संघीय सरकारले त्यहाँका स्थानीयहरुलाई मुआब्जा दिएर त्यो बाटो सुधार गर्न अति वाञ्छनीय छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?