काठमाडौं । राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभ ‘आईसीटी अवार्ड २०२४’ को शीर्ष प्रायोजक बनेको छ । आईसीटी अवार्ड र इन्ड्राइभ बीच प्रायोजनका लागि सहकार्य सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
योसँगै अब अवार्डको नाम ‘इन्ड्राइभ आईसीटी अवार्ड २०२४’ हुनेछ । इन्ड्राइभ आईसीटी अवार्ड २०२४ को ग्रान्ड फिनाले आउँदो पुस ५ गते ह्यात रिजेन्सी बौद्धमा हुँदैछ ।
यस पटक विभिन्न १४ विधामा अवार्डहरू वितरण गरिने आयोजकले जनाएको छ । प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्डले विगत ९ वर्षदेखि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा काम गर्ने स्टार्टअप, इन्नोभेसन, उद्यमी, प्रोफेसनल, शैक्षिक संस्था, सरकारी निकाय र विभिन्न संघसंस्थाहरूलाई सम्मान तथा प्रोत्साहन गर्दै आएको छ ।
इन्ड्राइभ नेपालको लोकप्रिय राइड हेलिङ सेवा प्रदायक हो । यात्रु र चालकलाई बार्गेनिङको सुविधा प्रदान गर्ने इन्ड्राइभको मुख्य विशेषता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया