नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्न मन्त्री यादवको निर्देशक 

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले उपभोक्तालाई शुद्ध खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्  ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) को अनुगमन तथा निरीक्षण पश्चात मन्त्री यादवले उपत्यकामा खानेपानी वितरण सुनिश्चित गर्न कर्मचारीलाई निर्देशन  दिएका हुन् । पानीपोखरी नियन्त्रण कक्षबाट स्वचालित रूपमा खानेपानी वितरण तथा सञ्चालन गर्ने खानेपानी वितरणसँग सम्बन्धित विभिन्न तथ्याङ्क प्राप्त गर्ने, पानीको चुहावट नियन्त्रण गर्ने कार्यमा बाँकी रहेका काम यथाशीघ्र सम्पन्न गर्नसमेत निर्देशन दिए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) बाट हाल सञ्चालनमा रहेका खानेपानी सम्बन्धीका सबै काम समयमै सम्पन्न गर्न मन्त्री यादवले आग्रह गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?