भक्तपुरमा ६३ वर्षीय बाबुद्वारा छोराको हत्या 

लोकपथ
140
Shares

काठमाडौं । भक्तपुर नगरपालिका-२ स्थित शहीद स्मृति खेल मैदान नजिक मंगलबार राति बाबुले छोराको हत्या गरेका छन् । घरायसी विवादमा ६३ वर्षीय दीपबहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गर्दा उनका ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

अछामको कमलनगर नगरपालिका–६ घर भएका उनीहरु सो ठाउँमा बस्दै आएका थिए । प्रहरीका अनुसार, दीपबहादुरले तरकारी काट्ने चक्कु प्रहार गरेपछि घाइते भएका छोरा नरेन्द्रबहादुरलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा राति पौने ११ बजे उनको मृत्यु भएको थियो । छोराको हत्यामा संलग्न दीपबहादुरलाई जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?