सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द 

लोकपथ
56
Shares
फाइल तस्बिर

काठमाडौं । हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी-दक्षिणकाली सडकमा आजदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सो सडकअन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्रे गर्न लागिएको सवारी सञ्चालनमा रोक लगाइएको हो ।

यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी-फाखेल-मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

सो सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौँडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडक, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडकमा भने हाल सवारीसाधन सञ्चालन भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?