सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित चार जना पक्राउ

लोकपथ
364
Shares

काठमाडौं । गौशाला प्रहरीले काठमाडौंको सिनामंगलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ ।

गौशाला प्रहरीले मंगलबार प्रदेश।३–०१–०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा झापा बिर्तामोड नगरपालिका–५ घर भएका २७ वर्षीय युवराज सुवेदी, काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर र सोही महानगरपालिका–७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेशकुमार पौडेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?