हमासले भन्यो : दोहा वार्ता ‘सकारात्मक’, ट्रम्पको शपथअघि नै सम्झौता हुने सम्भावना

लोकपथ
154
Shares

दोहा । इजरायली प्रतिनिधिमण्डलले मध्यस्थकर्तासँग भेटघाट गर्न गएको एक दिनपछि हमासले युद्ध विराम र गाजामा बन्धक बन्दी आदानप्रदान गर्ने उद्देश्यले कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक’ भएको जनाएको छ ।

प्यालेस्टिनी लडाकू समूहले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कतार र इजिप्टको मध्यस्थतामा दोहामा भएको वार्ता गम्भीर र सकारात्मक भएको र छलफलले युद्ध विराम र कैदी आदानप्रदानका लागि सहमतिमा पुग्न सम्भव छ भन्नेमा हमास विश्वस्त छ ।’ दुई पक्षबीचको खाडल कम गर्ने उद्देश्यले वार्ताका लागि इजरायली अधिकारीहरू दोहा आइपुगेको वार्ताबारे जानकार स्रोतले एएफपीलाई जानकारी दिएको छ ।

गत बुधबार मोसादका गुप्तचर प्रमुख डेभिड बर्नियाले कतारको राजधानी दोहाको भ्रमण गरेपछि उक्त भेटवार्ता भएको स्रोतले नाम नबताउने शर्तमा जनाएको छ । संयुक्त राज्य अमेरिका र इजिप्टसँगै कतारले इजरायल र हमासबीच गाजामा युद्ध विराम र बन्धक रिहाइका लागि महिनौँदेखि मध्यस्थता गर्दै आएको छ ।

तर गत वर्षको अन्त्यमा इजरायली जेलमा रहेका प्यालस्टिनीहरूको बदलामा सयौँ बन्धकहरूलाई रिहा गरिएको एक हप्ताको युद्धविरामबाहेक लगातार भएका वार्ताहरू युद्ध रोक्न असफल भएका थिए । सोमबार इजरायली रक्षामन्त्री इजराइल काट्जले आफ्नो देशका वार्ताकारहरू सन् २०२३ को नोभेम्बरमा भएको युद्ध विरामपछि सम्झौताको नजिक नपुगेको बताएका थिए । 

दोहास्थित हमासका एक वरिष्ठ अधिकारीले सम्झौताका लागि ‘पहिलेभन्दा निकै नजिक’ भएको तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अझै पनि ‘पहिलेजस्तै सम्झौतालाई बिथोल्न सक्ने’ बताएका छन् ।  हमासनिकट अर्को एक स्रोतले भन्यो, ‘सबै कुराले हामी सम्झौताको नजिक पुगेको संकेत गर्छ, मलाई आशा छ अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड० ट्रम्पको शपथ अघि अर्थात् जनवरी २० अघि नै सम्झौता हुने सम्भावना बढेको छ ।’

दोहास्थित हमासका एक वरिष्ठ अधिकारीले सम्झौताका लागि ‘पहिलेभन्दा निकै नजिक’ भएको तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अझै पनि ‘पहिलेजस्तै सम्झौतालाई बिथोल्न सक्ने’ बताएका छन् ।  हमासनिकट अर्को एक स्रोतले भन्यो, ‘सबै कुराले हामी सम्झौताको नजिक पुगेको संकेत गर्छ, मलाई आशा छ अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड० ट्रम्पको शपथ अघि अर्थात् जनवरी २० अघि नै सम्झौता हुने सम्भावना बढेको छ ।’

हमासको सहयोगी इस्लामिक जिहादका उपप्रमुख मोहम्मद अल–हिन्दले गाजामा अझै पनि केही बन्धक रहेको विश्वास गरिएको अवस्थामा आफ्नो समूहद्वारा प्रस्तावित सम्झौताबारे छलफल गर्न इजिप्टका अधिकारीहरूसँग भेट गरेको बताएका छन् । वार्ताको बारेमा जानकार एक स्रोतका अनुसार उनीहरू ‘प्यालेस्टिनी कैदीहरूको बदलामा जीवित इजरायली नागरिक कैदीहरूको रिहाईको साथ मानवीय चरणबाट सुरु हुने दुई वा तीन चरणको बन्दी आदान–प्रदान सम्झौतामा पुग्न केन्द्रित छन् ।त्यो आदानप्रदान ‘दुई देखि चार हप्ताको अवधिको लागि क्रमिक युद्ध विरामको भएको’ स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?