राजमार्गको विस्तारसँगै लालीघाट र जितेगडा बजार सुनसान

लोकपथ
70
Shares
फाइल तस्बिर

कालीकोट । राजमार्गको विस्तारसँगै कुनै बेला निकै ठूलो बजारका रूपमा विकास भएका कालीकोटका लालीघाट बजार र जितेगडा बजार अहिले सुनसान भएका छन् । कर्णाली राजमार्ग र कालीकोट–जुम्ला राजमार्ग जोड्ने सङ्गमस्थलका रूपमा रहेका लालीघाट बजार र जितेगडा बजार अहिले सुनसान भएका हुन् । 

कुनै बेला हुम्ला, मुगु, बाजुरा र कालीकोटका बासिन्दाको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेका नरहरिनाथ गाउँपालिका–१ को लालीघाट बजार र खाँडाचक्र नगरपालिका–२ मा पर्ने जितेगडा बजार अहिले सुनसान छन् । 

विगतमा दैनिक लाखौँको व्यापार हुने लालीघाट बजार र जितेगडा बजार अहिले पूरै खाली रहेका छन् । विगतमा सडकको पहुँच नहुँदा लालीघाट बजार जितेगडा बजारमा हुम्ला, मुगु, बाजुरा र कालीकोटका प्रमुख व्यापारिक केन्द्र रहेकामा अहिले गाउँ–गाउँमा सडक पुगेपछि बजार नै अहिले सुनसान बनेको जितेगडा बजारमा लामो समय व्यापार गर्नुभएका कालीकोट उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष तिलबहादुर शाहीले बताए । 

‘हुम्ला जाने कर्णाली राजमार्ग नखुल्दासम्म लालीघाट र जितेगडा बजारमा लाखौँको व्यापार हुने गरेको थियो, ‘उनले भने, ‘अहिले गाउँ गाउँमा सडकको पहुँच पुगेको छ, कर्णाली राजमार्गले अहिले बाजुरा, मुगु हुँदै हुम्लासम्म सडक पुगेका कारणले व्यापार बन्द भयो ।’ सडक सञ्जाल सबै ठाउँमा नपुगेका बेला राम्रो व्यापारिक केन्द्रका रूपमा रहेका बजार सडक पुगेपछि व्यापार हुन छाडेका कारणले आफू सुर्खेत झर्नुपरेको शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?