एनएमबि बैंक र युएसएडद्वारा पोखरामा क्युआर लोन तथा डिजिटल वित्तीय साक्षरता आयोजना

लोकपथ
28
Shares

काठमाडौं । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएऐड)सँगको सहकार्यमा पोखरामा क्युआर लोन तथा पर्यटन उद्यमी लक्षित डिजिटल वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले पोखरामा साना तथा मझौला उद्यम, लघु उद्यम वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

साक्षरता कार्यक्रममा एनएमबि क्युआर लोनको जानकारीलगायत पर्यटन उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका, व्यवसायको वृद्धि, दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराइएको थियो । 

कार्यक्रममा विभिन्न उद्योगहरूबाट ८० भन्दा बढी उद्यमीहरू सहभागी भई सक्रिय रूपमा छलफलमा संलग्न थिए । आगामी दिनमा बैंकले अन्य प्रदेशमा पनि यस्तै चेतनामूलक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?