जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य, विजयी हुने टोली फाइनलमा पुग्ने

लोकपथ
112
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले १४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा जनकपुर बोल्ट्सले १३९ रन बनायो । टीयु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिला ब्याटिङ गरेको थियो । जनकपुरका जिमी निशमले सर्वाधिक ४५ रन बनाए । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै शुभ कंशाकारले २६, लाहिरु मिलान्थाले १२, आसिफ शेखले ११, हर्ष थाकरले १२, अरनिको यादवले ११, शेर मल्लले ३ र मोहम्मद मोहसिनले १ रनको योगदान दिए । आकाश त्रिपाठी ४ र किशोर महतो २ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिँदा सैव अलि जैवले २, अभिनाश बोहरा र स्कट कुगेलेइनले एक विकेट लिएका छन् ।

यो खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित हुने टोलीले फाइनलका लागि कर्णाली याक्ससँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?