विश्वविद्यालयका टपरलाई सिधै निजामती सेवा प्रवेश गर्ने प्रस्ताव समितिमा

लोकपथ
168
Shares
फाइल तस्बिर

काठमाडौं । विश्वविद्यालयमा ‘टपर’ हुने विद्यार्थीहरुलाई सिधै निजामती सेवामा प्रवेश हुनुपर्ने माग उठेको छ ।

आज बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं समिति सदस्य शिशिर खनालले सो प्रस्ताव गरेका हुन् ।

समितिमा संघीय निजामती विधेयकका विषयमा छलफल भइरहेको छ । उक्त बैठकमा भाग लिएका समिति सदस्य खनालले विश्वविद्यालय टपरलाई सिधै निजामती सेवामा प्रवेश गर्न दिनुपर्ने प्रस्ताव राखेका हुन् । पछिल्लो समय विश्वविद्यालय टपरहरु अवसरको खोजीमा विदेश जानुपर्ने बाध्यता रहेको भन्दै उत्कृष्ट विद्यार्थीहरुका लागि त्यस्तो व्यवस्था गर्नुपर्ने बताए ।

‘विश्वविद्यालयका टपरहरुलाई सिधै निजमती सेवामा ल्याटरल इन्ट्रीको रुपमा प्रवेश दिऔँ,’ खनालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?