६८ लाखसहित चार जना हुण्डी कारोबारी पक्राउ  

लोकपथ
882
Shares

काठमाडौं । हुण्डी कारोबारमा संलग्न चार जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षका राज कुमाल माली, नयाँ बानेश्वर बस्ने १८ वर्षका आवाद सिंह, वितामोड नगरपाकिा–५ बस्ने २७ युवराज सुवेदी र झापा अर्जुनधारा नगरपालिका–७ घर भई हाल काठमाडौं बस्ने ३२ वर्षका प्रवेश कुमार पौडेल रहेका छन् ।

अवैध रुपमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले टोलीले उनीहरूलाई सोही ठाउँबाट पक्राउ गरेको हो ।

गोशालामा रोकी राखेको प्रदेश ३–०१–०२२ च १९७२ नम्बरको सेतो रंगको Hundai कम्पनीको Creta कारलाई चेक गर्ने क्रममा प्रहरीले उनीहरुको साथबाट स्रोत नखुलेको नेपाली ६८ लाख रुपैयाँ, रकम उल्लेख गरिएको चेक ५ थान र मोबाइल ५ थानसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पश्चात् उनीहरूलाई हुण्डी सम्बन्धी कारोबार गर्ने नहुने कसुरमा प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?