काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशको आवासीय राजदूत नियुक्त गरेका छन् ।
बुधबार राष्ट्रपति पौडेलले छिमेकी देश भारत र मित्रराष्ट्र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले भारतको राजदूतमा डा. शंकर शर्मा र मलेसियाको राजदूतमा डा. नेत्रप्रसाद तिम्सिनालाई नियुक्त गरेका हुन् ।
उनले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा २ देशको आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया