रवि लामिछानेसँग भेटेपछि कमल थापाले के भने ?

लोकपथ
644
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् ।

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई भेट्न थापा जिल्ला प्रहरी कार्यालय कास्की पुगेका थिए ।

भेटका क्रममा लामिछाने शारिरीक र मानसिक रुपमा स्वस्थ रहेको र उच्च मनोबल रहेको बताए । साथै आफू निर्दोष रहेको बताउँदै अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेको थापाले बताए ।

‘एक सम्मेलनमा भाग लिन पोखरा आएको बेला अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहनुभएका रास्वपाका अध्यक्ष रवि लामिछानेसँग आज भेटेँ । उहाँ शारीरिक र मानसिकरुपमा स्वस्थ तथा उच्च मनोबलका साथ रहेको पाएँ । भेटमा उहाँले आफू निर्दोष रहेको र अदालतबाट न्याय पाउने बिश्वास व्यक्त गर्नुभयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई २ महिनादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन तयार पारेर जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा बुझाएको छ । केही दिनमा लामिछानेलाई थुनछेक बहसका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?