काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य प्ररीक्षण कार्यको सुधारको लागि गठित अध्ययन कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले सक्रियता देखाएको छ ।
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणमा चलखेल हुने र राम्रो परीक्षण नहुँदा विदेश पुगेर श्रमिक पीडित हुनुपर्ने अवस्थाको अन्त गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत भदौमा अध्ययन कार्यदल गठन गरेको थियो ।
कार्यदलले बुझाएको प्रतिवेदनमा रहेका महत्त्वपूर्ण सुझावहरूको आधारमा विदेशमा जाने कामदारको स्वास्थ्य परीक्षणलाई अझै प्रभावकारी बनाउन तत्काललिन र दीर्घकालीन समाधान निकाल्ने काम सुरु भएको मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले बताए । बुधबार सिंहदरबारमा मन्त्रालयले कार्यदलका सदस्यहरूसँगको अन्तरक्रियासहितको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रलयका सचिव निरौलाले प्रतिवेदनमा रहेका नीतिगत तथा कानुनी सुझावहरू कार्यान्वयनको बाटोमा जाने बताए ।
उनले भने, ‘ कार्यदलबाट आएका सुझावमा रहेका विविधताहरूलाई हटाई यसमा रहेका यसमा रहेका महत्त्वपूर्ण सुझवहरुदलाई कार्यान्वयन गर्छौँ । कार्यदलले प्रतिवेदन मन्त्रालयमा बुझाईसकेको छ । यसमा रहेका नीतिगत तथा कानुनी सुझावहरू कार्यान्वयनको बाटोमा जानेछ । हामी यसलाई दुई खण्डमा पारेर तत्कालीन र दीर्घकालीन नीति बनाउन अगाडि बढिसेका छौँ ।’
अध्ययन कार्यदलले नेपाल र श्रम गर्न जानेदेशबीच समन्वय र सहकार्य गरेर स्वास्थ्य चाँच सम्बन्धी मापदण्ड बनाउन सुझाव दिएको छ । कार्यदलको प्रतिवेदनमा नेपालमा मेडिकल फिट भएर गइसकेपछि गन्तव्य देशले वर्षमा कम्तीमा एक पटक कामदारको स्वास्थ्य परीक्षण गर्ने व्यवस्थालाई सुनिश्चित गर्नुपर्ने गरी काम गर्न सुझाव दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया