काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान संशोधनमार्फत ऐन तथा कानुनहरूबाट दलित शब्द हटाउनुपर्ने बताएका छन् । बिहीबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सबै ठाउँबाट दलित शब्द नहटाएसम्म दलित समुदाय माथिको भेदभावको अन्त्य गर्न नसकिने बताए । छलफल र बहशको थिचोमिचोले छुवाछुत र सामाजिक भेदभाव अन्त्य नहुने उनको भनाइ छ । उनले दलित समुदाय माथि विगत २० वर्षदेखि अन्याय भइरहेको उल्लेख गर्दै सरकारले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताए ।
बैठकमा बोल्ने अधिकांश सांसदहरूले दलित समुदायको अधिकार र विकाससम्बन्धी विधेयक छिटो ल्याउनुपर्ने माग राखेका छन् । समितिले संसद्को आउँदो अधिवेशनमा विधेयक पेस गर्ने गरी गृहकार्यमा लाग्न सरकारलाई निर्देशनसमेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया