नुवाकोट । मुलुकमा चलेको सशस्त्र द्वन्द्वको समयमा ध्वस्त पारिएको प्रहरी चौकी देउरालीको नयाँ भवनको पुनर्निर्माण गरिएको छ ।
विसं २०५४ मा तत्कालीन समयमा नेकपा (माओवादी)को आगजनीबाट ध्वस्त बनेको प्रहरी चौकी देउरालीको २७ वर्षपछि पुनर्निर्माण गरिएको भवनको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले बुधबार उद्घाटन गरे ।
प्रहरी चौकीको नयाँ भवन निर्माणसँगै जनताको शान्तिसुरक्षा, अन्याय र पीडित भएकाले पाउने न्यायसहित राज्यको उपस्थिति जनताको घरदैलोसम्म पुर्याउन थप मद्दत पुगेको मुख्यमन्त्री तामाङको भनाइ छ । प्रदेश सरकारले प्रहरी एकाइसहित सरकारी सेवासँग सम्बन्धित संरचनाको निर्माणका गतिविधिलाई अघि बढाउँदै भौतिक संरचनाको विकासमा लगानी गर्ने उनले प्रतिबद्धता जनाएउनुभयो ।
प्रहरी चौकीसहित तत्कालीन समयमा ध्वस्त बनाइएको गाविसको भवन अहिले पालिकाका रुपमा स्थापना भए पनि नेपाल विद्युत् प्राधिकरण र कृषि विकास सेवा केन्द्र भने अझै अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या भइरहेको म्यागङका अध्यक्ष आशा तामाङले गुनासो गरे ।
द्वन्द्वका समयमा क्षति पुगेका तथा राज्यको सेवा प्रवाह सहज बनाउन माग आएका र आवश्यकता महसुस भएका स्थानमा प्रहरी एकाइको कार्यालय पुनर्निर्माण तथा नयाँ निर्माणलाई प्राथमिकता दिइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णहरी शर्माले जानकारी दिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया