सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्लाको क्व्होंलासोथार गाउँपालिकाको भवन उद्घाटन गरेका छन् । उक्त गाउँपालिकाको वडा नं २ मालिङमा निर्मित भवनको उनले आज उद्घाटन गरेका हुन् ।

गण्डकी प्रदेश सरकारले दुई करोड र गाउँपालिकाको दुई करोड गरी चार करोड १४ लाख १२ हजार नौ सय ३९ को लागतमा भवन निर्माण भएको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए । भवनले दुई रोपनी चार आना जग्गा ओगटेको छ । नवनिर्मित भवनमा ३६ कोठा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?