काठमाडौं । भन्सार छली गरी ल्याउँदै गरेको चिनीसहित प्रहरीले एक जनलाई नियन्त्रणमा लिएको छ । रौतहट गौर नगरपालिका–४ सिवाङ्गी पेट्रोल पम्प अगाडीबाट ना २ ह १६८ नम्बरको ई–रिक्सालाई नियन्त्रणमा लिएको हो ।
रौतहटबाट खटिएको प्रहरी टोलीले उक्त रिक्सालाई चेकजाँच गर्ने क्रममा रिक्सा भित्र अवैध रुपमा भारबाट भन्सार छली गरी ल्याउँदै गरेको २०० किलोग्राम चिनीसहित चालकलाई बिहीबार नियन्त्रणमा लिएको हो ।
नियन्त्रण पश्चात आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया