काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गरेका छन् । शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै लोडसेडिङ हुँदा रमाउने जमातले प्राविधिक रुपमा थोरै समस्या हुँदा बजारमा लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गरेका हुन् ।
उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरुमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत् वितरणमा समस्या भएको बताए । उनले माथिल्लो तामाकोसी र कालिगण्डकी बन्ने बित्तिकै लोडसेडिङ समस्या समाधान हुने दाबी गरे । उनले व्यस्त समयमा केही मात्रै उद्योगको लाइन काटेको भन्दै त्यो समयमा नागरिकलाई सहज बनाएको बताए । उनले उद्ययोगीहरु विद्युत् काट्यो भनेर प्राधिकरणले लोडसेडिङ घोषणा गर्यो भन्दै हल्ला फैल्याउन व्यस्त भएको बताए । उनले माथिल्लो तामाकोसी र कालिगण्डकी जलविद्युत आयोजना आगामी १० दिनमा जोडिएपछि लोडसेडिङको समस्या पनि हट्ने जानकारी दिए । उनले प्राधिकरणको घाटामा फाइदा लिनेहरु धेरै रहेको बताए ।
उनले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युत् रकम व्यवसायीहरुले दिनको विकल्प नभएको उल्लेख गरे । उनले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युत् रकम तिर्नुपर्नेमा जोड दिए । उनले ऊर्जा मन्त्रीप्रति संकेत गर्दै बाढीको कारण क्षति भएका आयोजनाहरु बनाउन असहयोग भएको बताए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान) अध्यक्ष गणेश कार्कीले वर्तमान सरकारले पूर्वाधार क्षेत्रको विकार गर्न नसके कसैले पनि गर्न नसक्ने बताए । उनले देशको विकासमा पूर्वाधारको विकास महत्त्वपूर्ण रहेको बताए । उनले पूर्वाधारको विकासका लागि सिमेन्ट अत्यन्तै आवश्यक रहेको बताए । उनले सरकारले सिमेन्टको मूल्य बढाउनेलाई कारबाही गर्नुपर्ने माग राखे । उनले सिमेन्टको मूल्य बढ्दै जाँदा जलविद्युत आयोजनाहरुको लागि उच्च रुपमा वृद्धि हुने बताए ।
उनले जलविद्युत आयोजनाको कारण सरकारले कल्पना गर्न नसक्ने ठाउँमा बाटो पुगेको बताए । उनले ऊर्जाको विकासमा सामाजिक उत्तरदायित्व जोडेर जानुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया