काठमाडौं । वित्तीय क्षेत्रहरूमा धमाधम लाभांशको सिजन चलिरहेको छ । यस्तैमा आज दुई विकास बैंकले पनि आफ्ना शेयर धनीका लागि लाभांश घोषणा गरेका छन् ।
गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयर धनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ।
यसैगरी, लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समिति बैठकले ३ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कससहित) गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया