ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अंगको रुपमा अपनाऔँ : प्रधानमन्त्री ओली

लोकपथ
28
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अंगको रुपमा अपनाउन आग्रह गरेका छन् । शनिबार अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् ।

संयुक्त राष्ट्र संघले २१ डिसेम्बरलाई अब उपरान्त ध्यान दिवसको रुपमा मान्यता दिएको उल्लेख गर्दै उनले खुसी व्यक्त गरे ।उनले ध्यान दिवसको सबैले सदुपयोग गर्न आह्वान गर्दै ध्यानबाट लाभ लिन पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले ध्यान मानव जातिको कल्याणको निम्ति भएको उल्लेख गर्दै वर्षमा एक पटक २१ डिसेम्बरका दिन मात्र नभई आफ्नो दिनचर्या बनाउनुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री ओलीले ध्यानबाट शारीरिक र मानसिक हिसाबले सधैँ स्वस्थ रहन र अरूलाई पनि स्वस्थ रहन सहयोग पुर्‍याउन आग्रह  गरे  ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?