काठमाडौं । चीन विकास सँगसँगै सुन्दरताले पनि भरिपूर्ण छ । सांस्कृतिक, पर्यटकीय हिसावले पनि चीनको सुन्दरता कम छैन । साथै दिगो र व्यवस्थित विकासले चीनलाई अझ सुन्दर बनाएको छ । नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानमा फोटोको महत्त्व पनि उत्तिकै छ ।

आफ्नो विधागत कार्यमा दुईदेश बीचका फोटोपत्रकारहरुले खिचेका सांकेतिक तथा पर्यटन सम्बन्धी फोटो प्रदर्शनी केही दिनअघि मात्रै सम्पन्न भएको थियो । विन्झाओ फोटोग्राफर एशोसिएशनको निमन्त्रणामा राष्ट्रिय फोटोपत्रकार समूहको केन्द्रीय टोली पहिलो पटक गत हप्ता चीन भ्रमणमा गएको थियो ।

१४ जना नेपाली फोटोपत्रकारको उक्त टोली चीनमा फोटो प्रदर्शनीका लागि पुगेको थियो । प्रदर्शनीमा दुई देशबीचका फोटोग्राफरहरुले कैद गरेका तस्बिरहरु राखिएको थियो भने चीनका विन्झाओ, जिनोन, शान्तोङ लगायतका विभिन्न स्थानमा फोटो पत्रकारहरुले भ्रमणसमेत गरेका थिए ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया