५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारत निर्यात  

लोकपथ
42
Shares

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालू आवको साउन, भदौ असोज, कात्तिक र मङ्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ७६ करोड युनिट विद्युत् भारतको हरियाणा र बिहार राज्यमा निर्यात गरेको हो ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने गरेको छ,भने चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्‌को औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा छ । सो अवधि भित्र प्राधिकरणले विद्युत् बिक्री गरी ८ अर्ब १५ करोड भारु आम्दानी गरेको छ ।

प्राधिकरणका अनुसार साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात गरेको छ । मङ्सिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र निर्यात गरेको छ । त्यस्तै भदौमा ३ अर्ब ६८ करोड, असोजमा ३ अर्ब ७ करोड र कात्तिकमा १ अर्ब ८७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?