काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बुधबारे इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले २९ वर्षीया दुर्गा धिमाललाई शनिबार राति पक्राउ गरेको हो ।
लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले धिमालको घरमा खानतलासी गर्ने क्रममा चार केजी गाँजा, नगद तीन लाख ६ हजार आठ सय ७० र भारु दुई हजार तीन सय बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।
साथै घटनास्थलबाट गाँजा जोख्ने तराजु, ढक, लाइटर, प्याकेजिङ प्लास्टिक, चक्कु, कैची, अचानो र हथौडा बरामद भएको छ ।
पक्राउ परेकी धिमाललाई धुलावारी इलाका प्रहरी कार्यालयमा राखि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया