मैत्रीपूर्ण हक्की : एपीएफविरुद्ध नेपाली सेना २–० ले विजयी

लोकपथ
28
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल आर्मी (नेपाली सेना) बीच भएको मैत्रीपूर्ण हक्की सम्पन्न भएको छ ।

शनिबार सशस्त्र प्रहरी बल नेपाल नं. १९ बगलामुखी विशेष कार्यदल गण हल्चोक काठमाडौंमा भएको मैत्रीपूर्ण खेलमा एपीएफविरुद्ध नेपाली सेनाको टिम २–० ले विजयी भएको छ ।

त्यस्तै नेपाल प्रहरी टिमसँग पनि मैत्रीपूर्ण खेल खेलाइने छ ।

निकट भविष्यमा सञ्चालन हुन गइरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको हक्की विधामा सशस्त्र प्रहरी बल नेपालका खेलाडीहरुलाई पनि सहभागी गराउने उद्देश्यले देशभरका इकाईहरुबाट खेलाडी छनौट गरी गत साउन १७ गतेदेखि नं. १९ बगलामुखी विशेष कार्यदल गणमा हक्की खेल प्रशिक्षण कार्य भइरहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक लामा, संघका पदाधिकारी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।

सदस्यसचिव लामाले हक्कीको विकास र विस्तारका लागि प्रदेशले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । हक्की संघका अध्यक्ष अनिल शर्माले सदस्य–सचिव लामालाई प्रशंसापत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?