काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ ।
आज नेप्से परिसूचक १३ दशमलव ५३ अंकले घट्दा बजार २ हजार ५ सय ८३ दशमलव २९ बिन्दुमा रोकिएको छ । त्यस्तै आज ९१ लाख ८० हजार ७ सय १८ कित्ता शेयर ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १ सय ७ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ ।
त्यस्तै आज कारोबारमा आएकामध्ये १५३ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६ वटा कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन आएको छ ।
त्यस्तै आज कारोबारमा आएकामध्ये सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, बाराही हाइड्रोपावर, न्यादी हाइड्रोपावर, सुपर म्यादी हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताहरुले धेरै नाफा कमाएका छन् । त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंक, मायाखोला हाइड्रोपावर कम्पनी, गरिमा विकास बैंक लगायत कम्पनीको लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया