रविलाई सांसदबाट निलम्बन गर्ने पत्र संसद् सचिवालयमा पुग्यो

लोकपथ
371
Shares

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सांसद निलम्बन गर्नेसम्बन्धी पत्र संघीय संसद सचिवालय पुगेको छ ।

सम्पत्ति शुद्धीकरण ऐन अनुसार कुनै पनि व्यक्तिमाथि सम्पत्ति शुद्धिकरणमा मुद्दा दर्ता हुन्छ त्यसपछि स्वतः पद निलम्बन हुने व्यवस्था रहेको छ । सोही ऐन अनुसार लामिछानेको पद निलम्बन गर्नेसम्बन्धी पत्र संसद् सचिवालयमा पुगेको प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

उनका अनुसार आइतबार साँझ अबेर मात्रै पत्र आइपुगेकाले भोलि मात्रै थप पक्रिया अघि बढ्नेछ ।

रवि लामिछानेविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा ३१ करोड बढी माग दाबीसहित आज जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।

पोखराको शूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी पोखरा पुर्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?