हुवावे नेपालको ‘सिड्स फर द फ्युचर’ कार्यक्रम सम्पन्न

लोकपथ
14
Shares

काठमाडौं । हुवावे नेपालले आफ्नो प्रमुख सामाजिक पहल ‘सिड्स फर द फ्युचर २०२४’ कार्यक्रम सम्पन्न गरेको छ । नेपालका युवालाई आईसीटी शिक्षा र नव प्रवर्तनमार्फत सशक्त बनाउने उद्देश्यसहित यस वर्षको ‘सिड्स फर द फ्युचर’ कार्यक्रमका विजेता घोषणा गर्दे समापन भएको हो ।

प्रतियोगितामा सहभागी नेपाली विद्यार्थी टोलीले ‘पिपल्स च्वाइस अवार्ड’ जितेका थिए । उक्त कार्यक्रममा तीन सयभन्दा बढी आवेदन प्राप्त भएका थिए, जसबाट ३० जना विद्यार्थी चयन भएका थिए । यस कार्यक्रममा प्राविधिक तालिम, कार्यशाला, मास्टर क्लास र सहकार्य परियोजनाहरू संयोजन गरिएका थिए ।

कार्यक्रमको समापनमा ६ जना उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई चीनमा हुने एसिया–प्यासिफिक डिजिटल ट्यालेन्ट समिट– २०२४ मा नेपालको प्रतिनिधित्व गर्न छनोट भएका थिए । जहाँ उनीहरूले बहुमूल्य अन्तर्राष्ट्रिय एक्सपोजर प्राप्त गरेका छन् ।

साथै, हुवावे नेपालले प्रदर्शनी केन्द्रको उद्घाटन पनि गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदर्शनी केन्द्रको उद्घाटन गरेका हुन् । यो प्रदर्शनी केन्द्रले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा पछिल्ला प्रवृत्ति र अभ्यासलाई प्रदर्शित गर्ने एक महत्वपूर्ण केन्द्रका रूपमा काम गर्ने बताइएको छ ।

प्रदर्शनी केन्द्रको उद्घाटन हुवावेको नेपालको डिजिटल भविष्यलाई समर्थन गर्ने र प्राविधिक नेताहरूको नयाँ पुस्ताका लागि प्लेटफर्म उपलब्ध गराउने निरन्तर प्रतिबद्धताको प्रमाण भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?