काठमाडौं । पार्टी सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ ।
आज सोमबार दिउँसो ४ बजे बोलाइएको बैठक भर्चुअल माध्यमबाट बस्ने भएको छ । उपाध्यक्ष डीपी अर्यालले कतिपय नेताहरू उपत्यकाबाहिर रहेकाले भर्चुअल माध्यमबाट बैठक बस्न लागेको बताएका छन् ।
बैठकले रास्वपाको कार्यवाहक सभापति तोक्ने सम्भावना छ । उपाध्यक्ष अर्याललाई नै कार्यवाहक तोक्ने सम्भावना बढी छ । यसअघिका अनौपचारिक छलफलमा पनि सो समझदारी बनेको रास्वपा नेताहरूको भनाइ छ । अर्का उपाध्यक्ष डा। स्वर्णिम वाग्लेले पनि अर्याललाई कार्यवाहक दिने कुरामा सहमति जनाइसकेको स्रोतको भनाइ छ ।
यसअघि नागरिकता विवादका कारण रविको सांसद र सभापतिको पद गएपछि पनि अर्याल नै कार्यवाहक सभापति बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया