बाक्लो कपडा लगाउँदा पनि चिसो महसुस गर्नुहुन्छ ? शरीरमा यी भिटामिनको कमी भएको हुन सक्छ  

लोकपथ
1.1k
Shares

काठमाडौं । जाडो मौसममा हामी सबैले चिसो महसुस गछौँ । जाडोमा चिसो महसुस गर्नु र हुनु सामान्य कुरा नै हो । चिसोबाट बच्नका लागि हामी न्यानो र बाक्लो कपडा लगाउँछन् । हिटर बाल्ने आगो ताप्ने  पनि गछौँ । र रातिको समयमा बाक्लो र न्यानो हुने कम्बलले ढाकेर सुत्ने गछौँ । यदि यी सबै उपाय अपनाउँदा पनि आफूलाई न्यानो बनाइ राख्दा पनि चिसो महसुस गछौँ भने यो सामान्य नहुन पनि सक्छ । जतिबेला पनि हात खुट्टा चिसो हुने शरीर नतातेको जस्तो हुने गर्छ भने यसले हाम्रो शरीरमा कुनै भिटामिनको कमी भएको संकेत गरेको पनि हुनसक्छ । आउनुहोस् जानौँ कुन भिटामिनको कमीले हाम्रो शरीरमा अत्यधिक चिसो हुने गर्छ ।

म्याग्नेसियमको कमी: म्याग्नेसियमको कमीले मांसपेशी दुखाइ, ऐँठन, र खराब रक्त परिसंचरण हुन सक्छ, जसले हात र खुट्टा चिसो हुन सक्छ । यस्तो अवस्थामा हामीले  म्याग्नेसियम युक्त खानेकुराहरू जस्तै नट्स ड्राई फूड, बीउ (सीड) गेडागुडी र हरियो सागसब्जीहरू खाने गर्नुपर्छ । यसको साथै हामीले चिकिसत्को सल्लाह अनुसार म्याग्नेसियम पूरकहरू पनि लिन सक्छौँ ।

आइरनको कमी: शरीरमा आइरनको कमी हुँदा पनि हामी  शरीर चिसो  भएको महसुस गछौँ । किनभने आइरनको कमीले एनिमिया हुन्छ । जसले थकान, कमजोरी र हात खुट्टा चिसो हुने गर्छ । यस्तो अवस्थामा हामीले आहारमा आइरन युक्त खानेकुराहरू समावेश गर्न सक्छौँ । जस्तै कुखुराको मासु, माछा, सिमी र हरियो सागसब्जी यी खानेकुराहरुले आइरको कमीबाट बचाउन मद्दत गर्छ ।

ओमेगा–३ फ्याटी एसिड: ओमेगा–३ फ्याटी एसिड स्वस्थ बोसो हो । जसले मुटुको स्वास्थ्य र रक्तप्रवाहमा महत्त्वपूर्ण भूमिका खेल्छ । यसको कमीले रक्तसञ्चारमा असर पार्न सक्छ, जसले हात र खुट्टा चिसो हुन सक्छ । यसका लागी हामीले ओखर सुक्खा फल, बदाम, अलैँची सूर्यमुखीको बीउ, सोयाबिन गेडागुडी, हरियो सिमी ब्रोकोली, हरियो पातदार तरिकारीको सेवन गर्न सक्छौँ ।  

भिटामिन बी १२ को कमी: भिटामिन बी १२ ले शरीरमा रक्त कोशिकाहरू बनाउन र स्नायुहरूलाई स्वस्थ राख्न मद्दत गर्दछ । यसको कमीले कमजोरी र मांसपेशी कडा हुने जस्ता लक्षणहरू पनि निम्त्याउँछ । यो भिटामिन शरीरले आफैले उत्पादन गदैन, हामीले यो भिटामिन खानबाट मात्र प्राप्त गर्न सक्छौ । त्यसैले यसको परिपूर्तिको लागि हामीले हाम्रो खानामा दिनँहू भिटामिन बी १२ युक्त खानेकुरा समावेश गर्नुपर्छ । जस्तै माछा, मासु, अण्डा, डेरी उत्पादन दूध, दही पनिर र  केही प्रकारका अन्नमा पनि यो प्रचुर मात्रामा पाइन्छ । केही तरकारी जस्तै पालुङ्गो चुकन्दर चना पनि यसको प्रमुख स्रोत हो ।  

भिटामिन डीको कमी: भिटामिन डीले हड्डीको स्वास्थ्य कायम राख्न मद्दत गर्छ  र शरीरमा क्याल्सियमको मात्रा नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । भिटामिन डी को कमी कमजोर रक्त परिसंचरणसँग जोडिएको छ, जसले हात र खुट्टा चिसो हुन सक्छ । भिटामिन डी प्राप्त गर्ने मुख्य स्रोत भनेको सूर्यको किरण नै हो । यसका लागि बिहान घाममा १ घण्टा बस्ने गर्नुपर्छ । भिटामिन डी युक्त खानेकुराहरू जस्तै भटमास, फलफूलको जुस, गहुँको पिठो अण्डा र दुग्धजन्य उत्पादनहरूबाट भिटामिन डी प्राप्त गर्न सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?