काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको माछा पोखरी बुद्ध मलमा रहेको काठमाडौं डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् ।
छुटसम्बन्धी सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई विल रकमको ३० प्रतिशत र बैंकमा खाता रहेका ग्राहकहरूलाई २५ प्रतिशतले छुट हुने भएको हो ।
उक्त सम्झौता पत्रमा बैकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र काठमाडौं डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टरका अध्यक्ष दया सागर साहले हस्ताक्षर गरे ।
यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले काठमाडौं डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टरले प्रदान गर्ने दन्त र मुखसँग सम्बन्धित उपचार सेवाबाट लाभान्वित हुन सक्ने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया