काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको लागि कार्य योजना बनाएर १५ दिनभित्र पेस गर्न सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन् ।
सोमबार त्रिभुवन विमानस्थलमा देखिएका समस्या र सुधारका योजनाबारे सरोकारवाला निकायहरूसँगको छलफलमा मन्त्री पाण्डेले यस्तो निर्देशन दिएका हुन् ।
उनले विमानस्थलसँग रोकार राख्ने निकाय र मन्त्रालयलले गर्नुपर्ने सुधारका कामहरूबारे कार्य योजना बढाएर अगाडि बढ्न जरुरी रहेको बताए । उनले कार्य योजना पठाएपछि सम्बन्धित निकायहरूमा कार्यान्वयनका लागि पठाउने र सरकारको तर्फबाट गर्नुपर्ने कामहरू गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए ।
उनले भने, ‘समन्वय समितिले बसेर के काम भन्सारले गर्ने हो ? के काम अध्यागमनले गर्ने हो ? के काम क्यानले गर्ने हो ? के काम नेपाल एयरलाइन्सले गर्ने हो ? आफैँले गर्ने हो भने आफैँले गर्ने भनेर एउटा योजना बनाउनु पर्यो । आफू नगर्ने हो माथि नै पठाउनेले मन्त्रिपरिषद्मै पठाउनुपर्ने विषय छ कि । त्यसमा कति दिनको समय चाहिन्छ । आजको बैठकमा हाम्रा सबल र दुर्बल कुराहरू आएका छन् । अब यसको कार्य योजन बनाउनुपर्यो । के हामीले गर्नसक्छौं ? के माथिल्लो निकायमा पठाउने भन्नेबारे १५ दिनको समय भयो भने तपाईँहरूले सक्नुहुन्छ होला ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया