सहकारीको रकम अपचलन अभियोगपछि फरार रहेका चन्द्रागिरि–१२ का वडाध्यक्ष पक्राउ

लोकपथ
63
Shares

काठमाडौं । काठाडौंको चन्द्रागिरि नगरपालिका-१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन सहकारीको रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका छन् ।

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा आज सोमबार दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी सो सहकारीका कोषाध्यक्ष हुन् ।

चन्द्रागिरि नगरपालिका-१२ घर भएका ५६ वर्षीय महर्जन अदालतबाट पक्राउ पुर्जी आएपछि फरार थिए । उनलाई प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?