काठमाडौं । हिन्दु, बौद्ध, जैन र बोन धर्मावलम्बीहरूको पवित्र स्थल कैलाश पर्वत र मानसरोवर तालमा वैशाख तेस्रो साताबाट पुनः धार्मिक यात्रा सुरु हुने भएको छ । ६ हजार ६३८ मिटरको उचाइमा रहेको कैलाश पर्वत र ४ हजार ६ सय मिटरको उचाइमा रहेको मानसरोवर तालमा कान्तिपुर होलिडेजले आगामी वैशाख महिनादेखि पुनः धार्मिक यात्रा गराउने तयारी गरेको हो ।
कैलाश पर्वत र मानसरोवरको धार्मिक यात्रा गराउँदै आएको कान्तिपुर होलिडेजले जनै पूर्णिमाबाहेक वैशाख र जेठ महिनामा पनि कैलाश पर्वतको धार्मिक यात्रा गराउने गरेको छ । आगामी वैशाख महिनादेखि फिक्स्ड डिपार्चर गर्ने गरी कैलाश यात्राको आइटीनरी तयार भएको होलिडेजले जनाएको छ ।
चीनको तिब्बत प्रान्तमा पर्ने कैलाश पर्वत र मानसरोवर ताल परिक्रमा गर्न वार्षिक हजारौँ पर्यटकहरू पुग्ने गरेका छन् । अङ्ग्रेजी महिनाको मे अर्थात् नेपाली महिनाको वैशाख महिनादेखि सेप्टेम्बर अर्थात् भदौ महिनासम्म गरी अधिकतम ४ महिना मात्रै यस क्षेत्रको यात्रा गर्न सकिन्छ । अन्य समयमा अत्यधिक चिसो र हिउँ पर्ने भएकाले आवागमन बन्द हुने गर्छ ।
के छ कैलाश पर्वतको महत्त्व ?
कैलाश पर्वतलाई शिव र पार्वतीको वासस्थानका रूपमा लिइन्छ र जनै पूर्णिमाको दिन मानसरोवरको भ्रमण गर्नु सबैभन्दा उत्तम दिन मान्ने गरिन्छ । पूर्ण कलशको आकार जस्तै देखिने भएर चीनको तिब्बतमा रहेको पहाडलाई नेपालीहरूले कैलाश पर्वत भनेर चिन्छन् । यस पहाडलाई तिब्बतीहरूले गंग रिन्पोचे भन्छन् भने चिनिया हरूले कैलाशा भन्छन् । अन्य देशका मानिसहरूले माउन्ट कैलाशका नामले यस पहाडलाई चिन्दछन् ।
तिब्बती भाषामा गंग रिन्पोचे भनेको हिउँको मोती भएको पहाड हो । कैलाश पर्वतको चुचुरा सधैँ जसो हिउँले ढाकिएर सुन्दर देखिने भएकाले यसलाई तिब्बतीहरूले हिउँको मोती भनेका हुन् ।
संस्कृत र नेपालीका विभिन्न धार्मिक ग्रन्थहरूमा कैलाश पर्वतलाई शिव र पार्वतीको वासस्थानको रूपमा लिइन्छ । कैलाश पर्वतको परिक्रमा गर्नुलाई शिव र पार्वतीको परिक्रमाको रूपमा लिने गरिन्छ । कैलाश पर्वतको परिक्रमाका साथै मानसरोवर तालमा स्नान गरेमा पाप नाश हुने तथा मोक्ष प्राप्त हुने विश्वास गरिन्छ । धार्मिक पर्यटकहरूले मानसरोवर तालमा स्नान गरी पूजापाठ गर्ने, होम गर्ने, रुद्री पाठ गर्ने गर्छन्, जसले पापबाट मुक्ति मिली मोक्ष प्राप्त हुने र मृत्युपश्चात् स्वर्गको ढोका खुल्ने विश्वास गरिन्छ ।
कैलाश यात्रा भन्नाले मुख्यतः चीनको स्वायत्त क्षेत्र तिब्बतमा पर्ने कैलाश पर्वत र मानसरोवर तालसम्मको यात्रा हो । कैलाश पर्वतलाई भगवान् शिवको निवास र मानसरोवर ताललाई पवित्र जलाशयको रूपमा पुजिन्छ । यो यात्रा कठिन भए पनि भक्तजनहरूको लागि अत्यन्तै पवित्र मानिन्छ ।
कान्तिपुर होलिडेजले गर्यो स्थानीय टुर अपरेटरसँग सहकार्य
कैलाश मानसरोवर यात्रा २०२५ लाई थप व्यवस्थित बनाउनका लागि कान्तिपुर होलिडेजले तिब्बतको स्थानीय ट्राभल्स एजेन्सी ‘कर्मा भ्याली ईन्टरनेशनल ट्राभल्स’सँग सहकार्य गरेको बताएको छ । कैलाश यात्रामा जानेहरूका लागि यातायात तथा आवास व्यवस्थापनमा थप सुधार गरिएको कान्तिपुरले जनाएको छ । कैलाश यात्रामा यात्री वा पर्यटकले प्राकृतिक सौन्दर्यको आनन्द लिनुका साथै धार्मिक आस्था र आध्यात्मिक ऊर्जा प्राप्त गर्ने कान्तिपुरले जनाएको छ ।
माउन्ट कैलाशमा कसरी जाने ? कति समय र पैसा लाग्छ ?
कैलाश पर्वत र मानसरोवर तालको परिक्रमा गरी पुण्य कमाउने चाहना राख्नेहरूका लागि पूर्णिमाको समय उत्तम समय मानिन्छ । धार्मिक पर्यटकको आस्थाको केन्द्रमा रहेको कैलाश पर्वतको यात्राका लागि कान्तिपुर होलिडेजले आगामी मे ५ अर्थात् वैशाख १७ गतेबाट विभिन्न मितिमा १० दिनको फिक्स्ड डिर्पाचरको तालिका बनाएको बताएको छ । कान्तिपुर होलिडेजका अनुसार आगामी मे महिनाको ५, ९, १७, २३ र ३० तारिख, जुन महिनाको २, ८, २१ र २८ तारिख, जुलाई महिनाको १, ८, १८ र २५ तारिख, अगस्ट महिनाको ३, ६, २३ र ३० तारिख तथा सेप्टेम्बर महिनाको ८ तारिकमा फिक्स्ड डिपार्चर गर्ने बताएको छ ।
यस्तो छ, कान्तिपुर होलिडेजले ल्याएको कैलाश पर्वत परिक्रमाको तालिका
कैलाश पर्वत तथा मानसरोवर यात्राका लागि १ लाख ६५ हजार रुपैयाँमा १० दिनको टुर प्याकेज
कैलाश पर्वत तथा मानसरोवर यात्राका लागि १ लाख ६५ हजार रुपैयाँमा सम्पूर्ण खर्च समेटिने गरी होलिडेजले १० दिनको टुर प्याकेज सार्वजनिक गरेको छ । जसमा काठमाडौंबाट बसमार्फत त्रिशूली, रसुवागढी हुँदै जाने र सोही बाटो फर्कने तालिका रहेको छ । विभिन्न मितिमा फिक्स्ड डिपार्चर गर्ने गरी तयारी गरिएको कान्तिपुर होलिडेजका प्रबन्ध निर्देशक दामोदर ढकालले बताए ।
दिन १ : काठमाडौंबाट टिमुरेसम्मको यात्रा
कैलाश पर्वत र मानसरोवर यात्राको पहिलो दिन काठमाडौंबाट डिलक्स बसमा रसुवा जिल्लाको टिमुरेसम्मको यात्रा हुनेछ । त्यहाँसम्मको यात्रा १ सय ५२ किलोमिटर लामो र करिब ७ घण्टाको हुनेछ । टिमुरेमा होटेलमा राखिनेछ । टुर अपरेटरले नै बिहान तथा बेलुकाको खाना, खाजा र बस्ने व्यवस्था मिलाउनेछ ।
दिन २ : टिमुरेबाट तिब्बतको केरुङसम्मको यात्रा
टिमुरेको होटेलमा ब्रेकफास्ट गरेर त्यहाँबाट चीनको तिब्बतमा पर्ने केरुङतर्फ प्रस्थान गरिनेछ । केरुङ नाकामा दुवैतर्फको इमिग्रेसनमा चेकजाँच र इन्ट्री परमिट लिइनेछ । त्यसपछि चिनिया बसमा नै रसुवागढी नाकाबाट २६ किलोमिटर यात्रा गरेर केरुङ बजारमा पुगिनेछ । केरुङ बजार ३ हजार ७ सय मिटरको उचाइमा रहेको छ । दोस्रो दिन केरुङ बजारमै बास हुनेछ । केरुङको तापक्रम करिब १८ डिग्री सेन्टिग्रेडमा रहेको हुनेछ ।
दिन ३ : केरुङबाट सागासम्मको यात्रा
यात्राको तेस्रो दिन केरुङको होटेलमा ब्रेकफास्ट गरेर त्यहाँबाट सागा भन्ने स्थानसम्म बसमा यात्रा गरिनेछ । यो यात्रा २ सय ५० किलोमिटर लामो हुनेछ भने अवधि करिब ६ घण्टाको हुनेछ । सागाको उचाइ ४ हजार ५ सय मिटरमा रहेको छ । त्यस दिन सागा पुगेर त्यहाँको होटेलमा बास बसिनेछ ।
दिन ४ : सागाबाट मानसरोवर तालसम्मको यात्रा
यात्राको चौथो दिन सागाबाट मानसरोवर तालसम्मको लागि बसमा यात्रा हुनेछ । ४ हजार ५ सय मिटर उचाइमा रहेको मानसरोवर ताल पुग्न सागाबाट कुल ३ सय ८५ किलोमिटर लामो यात्रा गर्नुपर्नेछ । यात्राका क्रममा होर्चु पासबाट कैलाश पर्वतको सुन्दर दृश्य देखिनेछ भने मानसरोवर तालको सुन्दर दृश्य पनि त्यहीँबाट देख्न सकिनेछ । उक्त दिन बसबाट मानसरोवर तालको परिक्रमा हुनेछ भने मानसरोवर ताल नजिकै रहेको होटेलमा चौथो दिनको बसाई हुनेछ ।
दिन ५ : मानसरोवर तालमा स्नान र पूजा, साँझको बास दार्चेनमा
बिहानै उठेर मानसरोवर तालमा गई स्नान गर्ने, पूजा गर्ने, हवन वा रुद्री पाठ गर्ने र ध्यान गर्ने लगायतका धार्मिक काम हुनेछन् …….
यात्राको पाँचौँ दिन बिहानै उठेर मानसरोवर तालमा गई स्नान गर्ने, पूजा गर्ने, हवन वा रुद्री पाठ गर्ने र ध्यान गर्ने लगायतका धार्मिक काम हुनेछन् । पूजाआजाको काम सकिएपछि अपराह्न होटेलमा गएर खाना खाइनेछ र त्यहाँबाट जिपमार्फत ३० किलोमिटर टाढा रहेको दार्चेन भन्ने स्थानमा पुगी बास बसिनेछ । त्यहाँको उचाइ ४ हजार ५ सय ६० मिटर रहेको छ भने त्यहाँको अधिकतम तापक्रम १७ डिग्री सेन्टिग्रेड र न्यूनतम तापक्रम १ डिग्री सेन्टिग्रेडको हाराहारीमा हुनेछ ।
दिन ६ : दार्चेनबाट पैदल यात्रामा दिरापुक परिक्रमा
यात्राको छैटौँ दिनबाट कैलाश पर्वतको परिक्रमा सुरु हुनेछ । यो दिन बिहान दार्चेनबाट हिँडेर दिरापुकसम्मको पैदल यात्रा हुनेछ । यो यात्रा करिब ५ घण्टाको हुनेछ । कैलाश पर्वत खण्डको दिरापुक परिक्रमा गरी तार्बोचे हुँदै दिरापुकमा पुगेर होटेलमा बास बसिनेछ । दिरापुकको उचाइ ४ हजार ८ सय ९० मिटर रहेको छ भने त्यहाँको अधिकतम तापक्रम १५ डिग्री र न्यूनतम तापक्रम माइनसमा जानेसम्मको सम्भावना रहन्छ ।
दिन ७ : दिरापुकबाट जुथुल्फुक हुँदै डोल्मा ला पासको यात्रा
यात्राको सातौँ दिन दुरापुकबाट जुथुल्फुक भन्ने स्थानसम्मको पैदल यात्रा हुनेछ । ४ हजार ७ सय ९० मिटरको उचाइमा रहेको जुथुल्फुक पुग्न ८ देखि १० घण्टासम्म हिँड्नुपर्ने हुन्छ । यो यात्राको कुल लम्बाई २२ किलोमिटर रहेको छ । यही यात्राका क्रममा ५ हजार ६ सय मिटर उचाइमा रहेको डोल्मा ला पासको परिक्रमा समेत हुनेछ । यो दिनको यात्रा केही कठिनाइपूर्ण हुनेछ । डोल्मा ला पासमा केही समय प्रार्थनाका लागि छुट्टाइनेछ र त्यहाँबाट पुनः पैदल यात्राबाट गौरी कुण्ड पुगिनेछ । गौरी कुण्डबाट फर्केर सो रात जुथुल्फुकको गेस्ट हाउसमा बास बसिनेछ ।
दिन ८ : जुथुल्फुकबाट सागासम्मको यात्रा
यात्राको आठौँ दिन जुथुल्फुकबाट ८ किलोमिटर हिँडेर मानसरोवर होर्चु हुँदै जिप चढ्ने स्थानमा पुगिनेछ । त्यहाँबाट जिप चढेर दार्चेन परिक्रमाको अन्तिम बिन्दुमा पुगिनेछ । त्यस दिनको बिहानको खाना खाएर बस चढेर सागातर्फ लागिनेछ । सो रात सागा पुगेर त्यहीँ बास बसिनेछ ।
दिन ९ : सागाबाट केरुङसम्मको यात्रा
यात्राको नवौँ दिन सागाको होटेलमा ब्रेकफास्ट गरेर केरुङतर्फ लागिनेछ । २ सय ५० किलोमिटर लामो दुरी यात्रा गर्न करिब ६ घण्टा लाग्नेछ । सो रात केरुङकै होटेलमा बा बसिनेछ ।
दिन १० : केरुङबाट रसुवागढी हुँदै काठमाडौं
यात्राको दशौँ दिन तिब्बतको केरुङबाट बस चढेर रसुवागढी नाकासम्म आइनेछ । त्यहाँबाट इमिग्रेसनको काम सकेर रसुवागढीबाट नेपालतर्फको बस चढी साँझ काठमाडौं आइपुगिनेछ ।
खर्च
१ लाख ६५ हजार रुपैयाँको प्याकेज सार्वजनिक गरेको छ । यो रकममा यातायात खर्च, बिहान, दिउँसो र साँझको खाना तथा बास खर्च, भिसा र प्रवेश दस्तुर लगायतको शुल्क समावेश
कैलाश पर्वत र मानसरोवर ताल यात्राका लागि कान्तिपुर होलिडेजले कुल १ लाख ६५ हजार रुपैयाँको प्याकेज सार्वजनिक गरेको छ । यो रकममा यातायात खर्च, बिहान, दिउँसो र साँझको खाना तथा बास खर्च, भिसा र प्रवेश दस्तुर लगायतको शुल्क समावेश गरिएको छ । त्यस्तै तिब्बती र नेपाली गाइड, कुक, शेर्पा तथा हेल्परको शुल्क, एउटा डफल ब्याग र पछाडि भिर्ने झोला, फिर्ता गर्नुपर्ने गरी डाउन ज्याकेट तथा कर र सर्भिस चार्जको रकम समावेश रहेको छ ।
यात्रा अवधिभर शाकाहारी भोजन
कैलाश पर्वत र मानसरोवरको अधिकांश यात्रा धार्मिक यात्रा हुने भएकाले सो यात्रामा शुद्ध शाकाहारी खाना मात्रै खुवाइनेछ । लसुन र प्याज नखाने यात्रुका लागि समेत लसुन र प्याज नहाली खाना तयार हुनेछ । खाना बनाउन नेपालबाटै कुक र हेल्पर लैजाने होलिडेजले जनाएको छ ।
infomercial content
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया