काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल खेलकुद पर्यटनको हब बन्न सक्ने प्रचुर सम्भावना रहेको बताएका छन् । सोमबार योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज-२०२४ को उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले खेलले पर्यटन प्रवर्द्धनका साथै देश विकासमा सघाउ पुग्ने बताए । उनले नेपाल विभिन्न प्रकारका खेलकुद गतिविधिहरूको लागि आकर्षक स्थल बन्ने बताए । उनले राष्ट्रको प्रतिष्ठा बढाउन र अर्थतन्त्रलाई अगाडि बढाउन खेलकुदलाई महत्त्वपूर्ण आधार मान्नुपर्ने बताए ।
आफ्नो प्रधानमन्त्रीको कार्यकालमा प्रधानमन्त्रीको कार्यकालमा नेपाली खेलकुदको विकासका लागि खेलकुद पूर्वाधार विकास र खेलाडीहरूलाई प्रोत्साहन गर्न विभिन्न प्रयासहरू थालेको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया