रिहा भए निकोलस भुसाल

लोकपथ
357
Shares

काठमाडौं । हिरासत कक्षबाट तस्बिर सार्वजनिक गरेपछि अनुसन्धानका लागि पक्राउ परेका डा. निकोलस भुसाल रिहा भएका छन् ।

कास्की प्रहरीको हिरासतमा रहेका बेला रास्वपा सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको तस्बिर सार्वजनिक भएको थियो ।

लामिछानेलाई भेट्न गएका बेला भुसालले तस्बिर सार्वजनिक गरेसँगै त्यसको अनुसन्धानका लागि भन्दै प्रहरीले आइतबार राति पक्राउ गरेको थियो ।

काठमाडौंबाट पक्राउ परेका उनलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराइएकोमा न्यायाधीश नारायण दाहालले थप अनुसन्धानका लागि अनुमति नदिइएको बताइएको छ ।

त्यससँगै उनलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्ने कास्की प्रहरीले जनाएको छ ।

भुसालले तस्बिर सार्वजनिक भएकोबारे आफ्नो त्रुटी भएको भन्दै माफी समेत मागिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?