एनपीएलले कीर्तिपुर एरियामा फोहोर, सफाइका लागि आउन क्यानलाई त्रिवि स्ववियुको आग्रह

लोकपथ
567
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले नेपाली प्रिमियर लिग (एनपीएल) का कारण भएको फोहोर सफा गर्ने भएको छ ।

गत मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपीएल भएको थियो ।

एनपीएल हेर्न आएका दर्शकहरुले क्रिकेट मैदानसहित त्रिवि परिसरमा समेत अत्यधिक फोहोर गरेको भन्दै स्ववियु सरसफाइ गर्न लागेको हो ।

स्ववियु सभापति श्यामराज ओझाले विज्ञप्ति जारी गर्दै सरसफाइका लागि शिक्षक, विद्यार्थी अभिभावक तथा एनपीएल गराउने नेपाल क्रिकेट संघ क्यानलाई समेत बोलाएका छन् ।

‘एनपीएल खेलकुदका कारण त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिसर वरिपरि असाध्यै फोहोर वातावरण सिर्जना भएकाले उक्त वातावरण सरसफाइ अभियानमा सहभागी भइ स्वच्छ, सफा, शान्त शैक्षिक वातावरण निर्माणका लागि अग्रसह भइदिनुहुनु सम्पूर्ण विद्यार्थी, प्राध्यापक, कर्मचारी, स्थानीय जनसमुदाय, क्यान परिवार तथा सम्पूर्ण सरोकारवाला व्‍यक्तित्वहरूमा सार्वजनिक अपिल गर्दछौं,’ ओझाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?